जनकपुरधाम , ३, माघ

धनुषा जिल्ला अदालत परिसरमा मंगलबार हिंसापीडित महिला र राजनीतिक दलका कार्यकर्ताले नाराबाजी र प्रदर्शन गरेका छन् । "/>

न्यायाधीशलाई खबरदारी गरेपछि मात्रै न्याय !?

न्यायाधीशलाई खबरदारी गरेपछि मात्रै न्याय !?

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम , ३, माघ

धनुषा जिल्ला अदालत परिसरमा मंगलबार हिंसापीडित महिला र राजनीतिक दलका कार्यकर्ताले नाराबाजी र प्रदर्शन गरेका छन् । जबरजस्ती करणी मुद्दाका अभियुक्तलाई अदालतले धरौटीमा छोड्न लागेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । न्यायाधीशलाई कुनै दबाबमा नपरी निष्पक्ष फैसला गर्न खबरदारी स्वरुप नाराबाजी र प्रदर्शन गरिएको प्रदर्शनकारीले बताए। पीडित परिवार र आफन्तले पटक–पटक जिल्ला प्रहरी कार्यालयमा फैसलाको नक्कल प्रतिलिपि बोकेर धाए पनि प्रहरीले बेवास्ता गरिरहेको छ । केही समययता अदालती कामकारबाहीलाई लिएर असन्तुष्टि पोख्ने वा न्याय सम्पादन प्रक्रिया प्रभावित पार्ने कामहरू भइरहेका छन् । एक साता अघि पूर्वसांसद सञ्जय साह ‘टकला’ को मुद्दा छिटोे टुंग्याउन माग राखेर समर्थकको एक टोली अदालत पुगेको थियो । जिल्ला अदालतका मुख्य न्यायाधीशलाई भेटेरै सो टोलीले सक्दो छिटो मुद्दा फैसला गर्न लिखित रुपमै माग गरे ।

महिना दिन अघि रञ्जना शर्माको हत्या सम्बन्धी मुद्दामा अभियुक्तलाई उन्मुक्ति नदिन दबाव स्वरुप पीडित पक्षले एक साता सम्म अदालत घेराउ ग¥यो । कडा दबावपछि मात्रै अदालतले रञ्जनाका ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको बुझाइ पीडित पक्षको छ । अझ अदालत परिसरमै धर्ना र नाराजुलुस गर्दा पनि केही अभियुक्तले आर्थिक प्रभावमा उन्मुक्ति पाएको आरोप उक्त पक्षको छ।

पछिल्लो समय न्यायाधीशलाई खबरदारी गरेपछि मात्रै न्याय पाउन सकिने भ्रम सर्वसाधारणमा फैलिएको छ, जुन सत्य होइन । धनुषा जिल्ला अदालतका मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले भने । तर पछिल्लो समय अदालतप्रतिको जनआस्था कमजोर भएर यस्तो स्थिति आएको एक अधिवक्ताले बताए । ती अधिवक्ताले भने, ‘न्याय पाउन हरेक प्रयास विफल भएपछि अदालत पुग्ने हो । अदालतबाट पनि न्याय पाउन नसकेपछि कहाँ जाने ?’ कतिपय मुद्दामा न्याय सम्पादन गर्दा अदालतको पनि कमजोरी देखिएको ती अधिवक्ताले बताए ।
नागरिकबाट

 

Logo