बैतडी, २७, पुस
लामो समय देखि खडेरी परे पछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजा सहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबार देखि जाग्राम तथा पूजाआजा थालेका छन् । "/>

पानीको माग गर्दै मन्दिरमा जाग्राम !?

पानीको माग गर्दै मन्दिरमा जाग्राम !?

केन्द्रबिन्दु
0
Shares

बैतडी, २७, पुस
लामो समय देखि खडेरी परे पछि बैतडीको सुर्नया गाउँपालिका–४ का किसानले बाजागाजा सहित पानीको माग गर्दै प्रसिद्ध रौलाकेदार मन्दिरमा बुधबार देखि जाग्राम तथा पूजाआजा थालेका छन् । पानीको माग गर्दै उनीहरु रौलाकेदार मन्दिरमा जाग्राम बसेको सुरेन्द्र बहादुर महराले जानकारी दिए । बुधबार रातभर रौलाकेदार मन्दिरमा जाग्राम बस्ने र विहिबार बिहान प्रार्थना गर्ने कार्यक्रम राखेका छौँ, उनले भने, “यो भन्दा पहिले पनि खडेरी पर्दा रौलाकेदार मन्दिरमा जाग्राम तथा पूजाआजा गरेपछि पानी परेकाले मन्दिरमा धाएका हौँ ।”

लामो समय देखि खडेरी परेका कारण रौलाकेदारमा जाग्राम बसेमा पानी पर्ने जनविश्वास रहि आएको छ । समयमा पानी नपरेका कारण यो वर्ष हिउँदे बालीको उत्पादनमा कमी आउने देखिएको छ । हिउँद महिना शुरु भएसँगै पानी नपर्दा बैतडीका केही ठाउँमा अझै गहुँ छर्न बाँकी रहेको छ भने गहुँ छरेको ठाउँमा सुक्न थालेका छन् । यसअघि गत वर्ष पनि लामो समय सम्म खडेरी परे पछि पानी माग गर्दै बैतडीको सुर्नयाका स्थानीय बासिन्दाले प्रसिद्ध रौलाकेदार र दशरथचन्द नगरपालिका–१ देवलहाटमा रहेको पञ्चदेवलमा शिव भगवानको पूजाआजा गरेका थिए ।
रासस

Logo