मनाङ,२५,पुस
मनाङमा भारी हिमपात भएको छ । मनाङ सहित देशका अधिकांश हिमाली जिल्लामा हिमपात भएको जनाइएको छ । अघिल्लो वर्ष भन्दा यो वर्ष केही ढिला हिमपात भएको छ । "/>

हिमाली जिल्ला मनाङमा हिमपात : जनजीवन प्रभावित

हिमाली जिल्ला मनाङमा हिमपात : जनजीवन प्रभावित

केन्द्रबिन्दु
0
Shares

मनाङ,२५,पुस
मनाङमा भारी हिमपात भएको छ । मनाङ सहित देशका अधिकांश हिमाली जिल्लामा हिमपात भएको जनाइएको छ । अघिल्लो वर्ष भन्दा यो वर्ष केही ढिला हिमपात भएको छ । मनाङमा आइतबारबाट हिमपात भएको र दिउँसोको तापक्रम माइनस १६ डिग्री सेल्सियस छ भने मध्यरातको तापक्रम माइनस २२ देखि माइनस २७ डिग्री सेल्सियस सम्म पुगेको छ । पानी जम्दा खानेपानीको समेत समस्या भएको छ । पानीमा बरफ जम्दा त्यसको असर विद्युतमा पनि देखिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्ला बाहिर रहेका स्थानीयहरू गत महिना मतदान गर्न आएका थिए । हिमपातसँगै उनीहरू पुनः जिल्ला बाहिरिएका छन् । करिब ७५ प्रतिशत स्थानीय जाडो छल्नको लागि काठमाडौं, पोखरा, नारायणघाट लगायत अन्य सहर जाने गर्दछन् । हिउँ परेसँगै चिसो बढे पछि स्थानीयहरू मात्रै होइन, यहाँका कर्मचारी समेत जाडो छल्न तल झर्ने गर्छन् । कार्यालयमा एकदुई जना कुरुवा राखेर अन्य कर्मचारी घर जान्छन् ।
कारोबारबाट

Logo