सप्तरी,२३,पुस
पूर्वी तराईमा शितलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर एक साताको अवधिमा नौ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ६ सप्तरीका र तीनजना रौतहटका छन् । "/>

तराईमा चिसोले एकसातामा ९ जनाको ज्यान गयो

तराईमा चिसोले एकसातामा ९ जनाको ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

सप्तरी,२३,पुस
पूर्वी तराईमा शितलहरसँगै बढेको चिसोले कठ्यांग्रिएर एक साताको अवधिमा नौ जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ६ सप्तरीका र तीनजना रौतहटका छन् । दिउँसोमा हुस्सु र रातिमा शीतलहरले केही दिनयता तराई–मधेसको जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका र वृद्ध वृद्धाहरु बिरामी पर्न थालेका छन् ।पछिल्लो साता सप्तरीमा चिसोका कारण ६ जनाले ज्यान गुमाएको स्थानीय तहका जनप्रतिनिधि र सम्बन्धित परिवारका सदस्यले बताएका छन् । महदेवा गाउँपालिका–२, बथनाहाका सुकदेव यादवको शुक्रबार चिसोकै कारण बेहोस भएर मृत्यु भएको परिवारका सदस्यले बताए ।
५८ वर्षीय यादव बिहान ५ बजे नहर किनारमा शौच गर्न गएका बेला चिसोले कठ्यांग्रिएर बेहोस भएका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको स्थानीय रामदेव यादवले बताए । बिहीबार राति राजविराज नगरपालिका १०, झल्हीका ६५ वर्षीया कैलीदेवी खंग र २ का ६० वर्षीया नाजो बेगमको मृत्यु भएको वडाध्यक्ष अरुण यादवले जानकारी दिए । यसअघि छिन्नमस्ता बरहीका ३५ वर्षीय रामदयाल राम, वीरपुरका ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोका कारण मृत्यु भएको थियो ।
नागरिकबाट

Logo