जाजरकोट,२३,पुस
गत एक साता देखि जाजरकोटको विकट गाउँमा फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण ५ बालबालिका सहित ९ जनाको मृत्यु भएको छ । "/>

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ९ को मृत्यु

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप, ९ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

जाजरकोट,२३,पुस
गत एक साता देखि जाजरकोटको विकट गाउँमा फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण ५ बालबालिका सहित ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ५ बालबालिका र ४ जना अन्य रहेको स्वास्थ्य चौकी बड्कुले मजकोटका इन्चार्ज हरिबहादुर सिंहले बताए । मृत्यु हुने मध्ये केही दीर्घरोगी रहेको र उनीहरूको रुघा खोकी र भाइरल ज्वरोले केही दिन थलिएर ज्यान गएको इन्चार्ज सिंहले बताए ।

इन्चार्ज सिंहका अनुसार जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, आइती दिरुवा र ७५ वर्षीय सतरुप शाही, वडा नम्वर २ स्यालाका ५२ वर्षीय करसिंह टमाटा र अन्य नाम नखुलेका ५ बालबालिकाको ज्यान गएको छ । टमाटाको पुस १० गते, नाथको १९ गते, शाहीको पुस १५ गते ज्यान गएको सिंहले बताए । शनिबार आफूले गाउँमै छुट्टै शिविर चलाएर डेढ सय बिरामीहरूको उपचार गरेको उनले बताए।
नागरिकबाट

Logo