इटहरी, २२, पुस
तराई क्षेत्रका भूमिपुत्र थारु समुदायको विशेष पर्व माघी पर्वको अवसरमा हिजो देखि सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा १० दिने माघी महोत्सव–२०७४ शुरु भएको छ । "/>

थारु समुदायको माघी महोत्सव शुरु

थारु समुदायको माघी महोत्सव शुरु

केन्द्रबिन्दु
0
Shares

इटहरी, २२, पुस
तराई क्षेत्रका भूमिपुत्र थारु समुदायको विशेष पर्व माघी पर्वको अवसरमा हिजो देखि सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा १० दिने माघी महोत्सव–२०७४ शुरु भएको छ ।माघी अर्थात् नयाँ वर्षका अवसरमा थारु समुदायले तिल र भुजाको लड्डु, घुँगी, चिचिर, भात, रोटी, बयिया, हाँस र कुखुरा एवं माछाको मासु तयार पारेर महोत्सव अवधिमा थारु समुदाय बीच एकापसमा शुभकामना आदानप्रदान गर्दै माघी पर्व मनाइन्छ ।
थारु समुदायले आफ्नो जातीय भेषभूषासँगै व्यवहारिक जीवनमा प्रयोग गरिँदै आएका विभिन्न सामग्री आदिका झाँकी सहित जातीय पहिरनमा धुमरा नृत्य प्रस्तुत गर्दै माघी महोत्सवलाई विशेष आकर्षण प्रदान गरिएको छ । महोत्सव अवधिमा झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, धनकुटा लगायत स्थानका थारु तथा आदिवासी जनजाति हजारौँको सहभागिता छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्र विश्वास र नवनिर्वाचित सांसद सीताराम मेहताले महोत्सव उद्घाटन गर्दै थारु समुदायको संस्कृति नेपालको पहिचान भएको बताए ।
रासस

Logo