झापा, १६, पुस
बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले हिजो सार्वजनिक गरेको छ । "/>

अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई पक्राउ

अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई पक्राउ

केन्द्रबिन्दु
0
Shares

झापा, १६, पुस
बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले हिजो सार्वजनिक गरेको छ । अर्जुनधारा–११ स्थित गिरीबन्धु टि–स्टेटको चिया बगानमा बाटो छेकेर जबरजस्ती गर्न खोज्ने अर्जुनधारा–९ सालबाडीका १७ वर्षीय विजयबहादुर मगर र सोही स्थानका १७ वर्षीय नवीन डाँगीलाई इलाका प्रहरी कार्यालय अनारमनीले सार्वजनिक गरेको हो । मितआमालाई भेट्न इलामबाट आएकी ३५ वर्षीया एक महिलालाई उनीहरुले खुकुरी देखाएर जबरजस्ती गर्ने प्रयास गरेका थिए । घटनामा संलग्न अर्का एकजना फरार रहेको र प्रहरीबाट उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडितको पहिचान भने प्रहरीले गोप्य राखेको छ ।

पीडित महिलालाई बिहीबार मितआमाको भाइले मोटरसाइकलमा इलाम पु¥याउने क्रममा अर्जुनधारा नगरपालिका–११ मा रहेको गिरीबन्धु चिया बगानमा ती युवकले खुकुरी देखाई मोटरसाइकल रोक्न लगाएको प्रहरीको भनार्इ छ । ती युवाले उनीहरुलाई कुटपिट समेत गरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार ती महिला र उनका मितआमाको छोरा ‘भाइ’ लाई चुम्बन गर्न लगाएर उनीहरुले भिडियो खिचेका र त्यसैका आडमा पैसा असुल्ने प्रयास गरेका थिए । तीन जनाले पीडित महिलाको कपडा खोलेर जबरजस्ती समेत गर्न खोजेका थिए ।
रासस

Logo