काठमाडौं,१५, पुस
काभ्रेको पाँचखाल उपत्यकामा जब पश्चिमबाट बेगले हावा चल्छ त्यहाँको वायुको प्रदूषण स्तर पनि काठमाडौंकै स्तरमा पुग्छ’, पाँचखालको वायु प्रदूषण अवस्थाबारे अध्ययन गरिरहेका एक विज्ञले भने, ‘कल्पना गरे भन्दा धेरै नै प्रदूषित हुन्छ । "/>

काठमाडौंको प्रदूषण असर काभ्रेको पाँचखाल र मण्डनदेउपुर सम्म !?

काठमाडौंको प्रदूषण असर काभ्रेको पाँचखाल र मण्डनदेउपुर सम्म !?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१५, पुस
काभ्रेको पाँचखाल उपत्यकामा जब पश्चिमबाट बेगले हावा चल्छ त्यहाँको वायुको प्रदूषण स्तर पनि काठमाडौंकै स्तरमा पुग्छ’, पाँचखालको वायु प्रदूषण अवस्थाबारे अध्ययन गरिरहेका एक विज्ञले भने, ‘कल्पना गरे भन्दा धेरै नै प्रदूषित हुन्छ ।
सन् २०१७ जुलाई देखि भइरहेको घर भित्र र बाहिरको वायु प्रदूषणको अवस्था अध्ययन अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेका जनस्वास्थ्य प्राध्यापक डा. आमोद कुमार पोखरेलले भने, ‘राजधानी सहर काठमाडौंको प्रदूषित हावा सजिलै पाँचखाल पुगिरहेको छ ।’ काभ्रेका पाँचखाल र मण्डनदेउपुर नगरपालिकाका ७२७ वटा घरको बाहिर र भित्रको वायु प्रदूषण सम्बन्धी अनुसन्धान गरिरहेका पोखरेलले अमेरिकाबाट स्काइपमा भने, ‘प्रतिसेकेण्ड ४ देखि ६ मिटरका दरले पश्चिमबाट हावा चल्दा त्यहाँको वायुमा २.५ माइक्रोग्राम भन्दा साना धुलोका कणको मात्रा कल्पना गरे भन्दा धेरै गुणा बढी पाइयो ।’

पोखरेलका अनुसार गत सेप्टेम्बर १ देखि अक्टुबर ११ बीचको तथ्यांक विश्लेषण गर्दा यस्तो निष्कर्ष आएको होे । पश्चिमबाट चल्ने हावाले राजधानीको प्रदूषित वायु पाँचखाल सम्म पु¥याएको अध्ययनले देखाएको उनले बताए ।
नागरिकबाट

Logo