काभ्रे,१५, पुस
काभ्रेको पनौती नपा ११ भुमिडाँडामा १७ बर्षिया छोरीले आफ्नै बाबुले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी छिन् । "/>

पत्याउनै मुस्किल तर सत्यः आफ्नै बाबुवाट बारम्बार बलात्कार !?

पत्याउनै मुस्किल तर सत्यः आफ्नै बाबुवाट बारम्बार बलात्कार !?

केन्द्रबिन्दु
0
Shares

काभ्रे,१५, पुस
काभ्रेको पनौती नपा ११ भुमिडाँडामा १७ बर्षिया छोरीले आफ्नै बाबुले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी छिन् । सुन्दा पत्याउन मुस्किल यो घटनापछि बाबुको विश्वासमा समेत प्रश्न चिन्ह खडा भएको छ । जिल्लाको पनौती ११ भुमिडाँडाकी १७ बर्षिया बलात्कृत हुने युवतीले जाहेरीमा आफूलाई पहिलो पटक सौतिनी आमाको माईती बारा गएको समयमा बुबाले बलात्कार गरेको उल्लेख गरेकी छिन् । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले सुरुमा पत्याउनै मुस्किल घटनाको जाहेरी दिन आएपछि अचम्ममा परेको सुनाए ।

किशोरीले दिएको जाहेरीलाई पहिलो प्राथमिकतामा राखेर कारवाही अघि बढाएको शाहले बताए । बलात्कारको आरोपी ३७ बर्षिया व्यक्तिका दुई श्रीमती रहेकोमा उनी जेठी श्रीमती तर्फको जेठी छोरी हुन् । जेठी श्रीमती बलात्कारको आरोपीसँग नबसेपछि उनले कान्छी श्रीमती ल्याएका थिए । जेठी श्रीमतीका एक छोरा र एक छोरी छन् भने कान्छी श्रीमतीको एउटा छोरी छ । कान्छी श्रीमती कामको शिलशिलामा बहराईन गएपछि आरोपी समेत अरब राष्ट्रहरुमा कामको शिलशिलामा जाने गरेका थिए । करिब तीन बर्ष अघि अरबवाट नेपाल आएपछि छोरी कान्छी श्रीमतीको माईत बारामा गएको समयमा जाहेरी दिने किशोरीलाई बलात्कार गरेका थिए । त्यसपछि पनौती भुमिडाँडामा आएर उनलाई बुबाले पटक पटक बलात्कार गरेका थिए । बलात्कारपछि केही बर्षअघि उनी गर्भवती समेत बनेपछि बुबाले घरमै गर्भपतन हुने औषधी सेवन गराएको उनले जाहेरीमा उल्लेख गरेकी छिन् ।

छोरीको गर्भ रहेपछि पनि बाबुले उनलाई बलात्कार गर्न नछाँडेको जाहेरीमा उल्लेख गरेकी छिन् । अन्तिम पटक बाबुले उनलाई मंसिर १९ गते बलात्कार गरेका थिए । प्रहरीलाई उनीहरुले मंसिर १९ गते नै जाहेरी दिए पनि प्रहरीले यो घटना सार्वजनिक गरेको थिएन । प्रहरीले आरोपीलाई हाडनाता करणी उद्योगमा मुद्धा दर्ता गराएको छ भने आरोपी बुबा प्रहरी नियन्त्रणमा रहेका छन् ।
राजधानीबाट

 

Logo