सालकको १ किलो ५०० ग्राम खपटासहित पक्राउ

सालकको १ किलो ५०० ग्राम खपटासहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३ पुस ।

संरक्षित वन्यजन्तु सालकको १ किलो ५०० ग्राम खपटासहित एक जनालार्ई केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले पक्राउ गरेको छ ।

साविकको खोटाङ दारेपाछिता ताल गा.बि.स. वडा नं. ९ बस्ने २४ वर्षिय अनिल चाम्लिङ राईलाई सिआइबीद्वारा खटिएको टोलीले आइतबार काठमाडौ बुढानिलकण्ठ नगरपालिका वडा नं.३ चपली चोकबाट पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसार पसार गरी खरिद बिक्री गर्ने उद्देश्यले ल्याइरहेको अवस्थामा राईलाई पक्राउ गरिएको सिआइबीका प्रहरी उपरीक्षक (एसपी) जीवन कुमार श्रेष्ठले बताए । श्रेष्ठले राईलाई आवश्यक कानूनी कारवाहीका लागि जिल्ला वन कार्यालय, हात्तीसारमा पठाइएको बताए ।

सालक वन्यजन्तुलाई सरकारले साइटिसको महासन्धि १९७५ को अनुसूची १ मा लोपोन्मुख प्रजातिको सूचीमा सूचीकृत हो ।

आरोप प्रमाणित भएमा गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु सालक मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसार पोसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रवधान रहेको सिआइबीले जनाएको छ ।

 

Logo