जिउँदोे चिम्पान्जी वन्यजन्तु तस्करीको आरोपमा ३ कर्मचारीसहित १० विरुद्ध मुद्दा दर्ता

जिउँदोे चिम्पान्जी वन्यजन्तु तस्करीको आरोपमा ३ कर्मचारीसहित १० विरुद्ध मुद्दा दर्ता

केन्द्रबिन्दु
0
Shares

एस.के.बैश्य । काठमाडौं, ३ पुस ।

विमानस्थलबाट जिउँँदो वन्यजन्तु तस्करीको आरोपमा पक्राउ परेका ३ कर्मचारीसहित १० जना विरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मुद्दा दर्ता गरेको छ । चिम्पान्जी तस्करीको आरोपमा एयरपोर्ट भन्सारका ३ कर्मचारीसहित १० जनाविरुद्ध आइतबार मुद्दा दर्ता गरिएको सिआइबीका प्रहरी उपरीक्षक (एसपी) जीवन कुमार श्रेष्ठले बताए ।

विमानस्थल भन्सार कार्यालयका अधिकृत आशुतोष राई तथा नायब सुब्बाद्वय लीला पनेरु र चुणामणि शर्मा समेत १० जनालाई प्रतिवादी बनाई सिआइबीले मुद्दा दर्ता गरेको हो । जिउँदो चिम्पान्जी तथा बाँदरहरु लगायतका वन्यजन्तु तस्करी भएको बेला उनीहरु जाँचपासमा संलग्न थिए ।

घुस खाएर उनीहरुले तस्करीमा सहयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विमानस्थलबाटै पास भएका दुई वटा चिम्पान्जी, आठ वटा बाँदर र १ सय १२ वटा चरासहित तस्करीमा संलग्न ६ जनालाई गत असोज ३१ गते सिआइबीले पक्राउ गरेको थियो ।

सिआइबीले राजकुमार तिवारी, सञ्जीव भारती तथा भारतीय नागरिकहरु मोहम्मद फएन, मोहम्मद उस्मान, शरिफ सहिन र पाकिस्तानी नागरिक आबिद असलम खानलाई समेत पक्राउ गरेको थियो । यो वन्यजन्तु तस्करीमा अन्तराष्ट्रिय गिरोहकै संलग्नता रहेको सिआइबीले जनाएको छ ।

 

Logo