महायज्ञबाट १९ लाख संकलन

महायज्ञबाट १९ लाख संकलन

केन्द्रबिन्दु
0
Shares

दमक, पुस ३ : झापाको दमक–४ स्थित त्रिपुरेश्वर शिवमन्दिरमा सञ्चालित महायज्ञबाट करिब १९ लाख संकलन भएको छ । 

मन्दिरका उपाध्यक्ष तथा प्रचार समितिका संयोजक पुण्यप्रसाद खनालका अनुसार गत मंसिर ९ देखि १७ गतेसम्म मन्दिर परिसरमा सञ्चालित श्रीमद्भागवत धानयाञ्चल महायज्ञबाट रकम सहयोग जुटेको हो । 

महायज्ञबाट संकलित सहयोगले धर्मशाला भवन निर्माणसँगै अक्षय कोषमा जम्मा गरिने मन्दिरका अध्यक्ष तीलक थापाले बताएका छन् । रासस 

Logo