२० क्यु फिट काठ बरामद

२० क्यु फिट काठ बरामद

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु संवाददाता

पुष ०२ , झापा । झापामा प्रहरीले २० क्यु फिट काठ बरामद गरेको छ । शिवसताक्षी नगरपालिका १० दोमुखा स्थित माई खोलाको बगरबाट शनिवार प्रहरीले बेवारिशे अबस्थामा सखुवाको काठ बरामद गरेको हो।

बिशेष सुराकीको आधारमा काठ चोरी निकासी भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको टोलीले खोला बगरबाट बेवारिशे अबस्थामा उक्त काठ फेलापारी बरामद गरेको हो।

चोरी निकासीमा संलग्न मानिसहरुको खोजीकार्य भईरहेको छ। बरामद काठ बारे आवश्यक अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी झिलझिलेले जनाएको छ।

Logo