५ ग्राम लागूऔषध खैरो हेरोईनसहित एक युवक पक्राउ

५ ग्राम लागूऔषध खैरो हेरोईनसहित एक युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु संवाददाता

पाैष १, झापा । झापामा लागूऔषध खैरो हेरोईन सहित एक युवक लाई प्रहरीले पक्राउ गरेको छ । मेचीनगर नगरपालिके ६ स्थित मुलगेटबाट प्रहरीले शुक्रबार उनलाई लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरेको थियो ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनकुटा छथर गाउँपालिका ५ बस्ने २६ बर्षिय मिङ्मा शेर्पालाई ५ ग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो ।

अपरान्ह साढे ४ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको अबस्थामा शेर्पालाई शंकालागी चेकजाँच गर्ने क्रममा पेटमा लुकाए ल्याउँदै गरेको अबस्थामा उक्त परिमाणको लागूऔषध फेलापारी बरामद गरेको थियो । शेर्पालाई इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखी थप अनुसन्धान कार्य भईरहेको लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले जनाएको छ ।

Logo