३ भारतीय पेस्तोलसहित ८ राउन्ड गोली बरामद

३ भारतीय पेस्तोलसहित ८ राउन्ड गोली बरामद

केन्द्रबिन्दु
0
Shares

इलाम, २९ मंसिर ।

प्रहरीले इलाममा बेवारिसे अवस्थामा ३ थान भारतीय पेस्तोल र सोही पेस्तोलमा लाग्ने ८ राउण्ड गोली बरामद गरेको छ ।

इलाम नगरपालिका ८ स्थित तिल्केनीबाट प्रहरीले बिहीबार बिहान बेवारिसे अवस्थामा उक्त पेस्तोल र गोली बरामद गरेको हो ।

गोरेटो बाटोको भित्तामा बेवारिसे अवस्थामा रहेको उक्त हतियार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरीको टोली सो स्थानमा पुगेको थियो ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

 

Logo