पेस्तोलको गोली र खुकुरीसहित एक पक्राउ

पेस्तोलको गोली र खुकुरीसहित एक पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । मोरङ, १८ मंसिर ।

पेस्तोलको गोली र खुकुरीसहित मोरङमा एक ब्यक्ति पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका–१३ रोडशेष चोक नजिक बस्ने ४१ वर्षीय फटिककुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी कुटपिट गरेको भन्ने जानकारी प्रहरीलाई प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिराटनगरबाट खटी गएको प्रहरी टोलीले कार्कीलाई आईतबार पक्राउ गरेको थियो ।

पक्राउ गर्ने क्रममा कार्कीले आफ्ननै घरमा लुकाई छिपाई राखेको मिनी चाइनिज पेस्तोलको गोली २ राउण्ड, त्यसको म्याग्जीन १ थान र खुकुरी १ थान लगायतका हातहतियार समेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको श्रीमतीको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको पनि प्रहरीले जनाएको छ

 

Logo