काठमाडौं,१५, मंशिर
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७३५ रहेको जनाएको छ । "/>

नेपालमा एचआइभी संक्रमित घट्दै : देशभर ३३ हजार संक्रमित

नेपालमा एचआइभी संक्रमित घट्दै : देशभर ३३ हजार संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१५, मंशिर
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७३५ रहेको जनाएको छ । अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको छ । केन्द्रका निर्देशक डा. विकास लामिछानेका अनुसार २० हजार २३२ पुरुष र १२ हजार ५३ महिला एचआइभी संक्रमित छन् । ‘सन् २००५ देखि ०१६ सम्ममा विश्वव्यापी रूपमा एचआइभी एड्सका कारण मृत्यु हुनेको संख्या ४८ प्रतिशतले कमी आएको छ । नेपालमा पनि आशातीत रूपमा नयाँ संक्रमितको संख्यासँगै मृत्युदर पनि घटेको छ,’ ३० औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक डा. लामिछानेले भने । यस वर्ष विश्व एड्स दिवस ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारा सहित मनाइँदै छ ।

निर्देशक लामिछानेले नेपालमा ७० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेको बताए । उनका अनुसार १४ हजार ५४४ जना एचआइभी संक्रमितले मात्रै उपचार गराइरहेका छन् । ‘आजका दिन सम्म पनि एचआइभी संक्रमित खुलेर आउने गरेका छैनन्,’ उनले भने । धेरै संक्रमित परिवारको डरका कारण भारतमा गएर उपचार गराउन बाध्य छन् । एचआइभी रोकथामका लागि सरकारले यस वर्ष ५० करोड र निःशुल्क औषधिका लागि १४ करोड विनियोजन गरेको छ ।
नयाँपत्रिकाबाट

Logo