काठमाडौं,१५, मंशिर
बितेका चार महिनामा देशभर ४४ बालबालिका बलात्कृत भएको सञ्चार अनुगमनमा देखिएको छ । केन्द्रीय बालकल्याण समितिले साउन देखि कात्तिक सम्म विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिका तथा अनलाइनका समाचार अनुगमनका आधारमा तयार पारेको सञ्चार अनुगमन प्रतिवेदनमा सो उल्लेख गरिएको छ । "/>

नेपालमा बालिका बलात्कृतको डरलाग्दो तथ्यांक सार्वजनिक

नेपालमा बालिका बलात्कृतको डरलाग्दो तथ्यांक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१५, मंशिर
बितेका चार महिनामा देशभर ४४ बालबालिका बलात्कृत भएको सञ्चार अनुगमनमा देखिएको छ । केन्द्रीय बालकल्याण समितिले साउन देखि कात्तिक सम्म विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिका तथा अनलाइनका समाचार अनुगमनका आधारमा तयार पारेको सञ्चार अनुगमन प्रतिवेदनमा सो उल्लेख गरिएको छ । त्यस अवधिमा ४४ बालिका र एक बालक यौन दुव्र्यवहारमा परेका छन् । ती घटना मध्ये चार बालिका माथि सामूहिक बलात्कार भएको छ भने ४१ बालिका बलात्कृत भएका छन् । सबैभन्दा बढी चिनजानका व्यक्तिबाट १७ बालिका बलात्कृत भएका छन् । छिमेकीबाट १५ बालिका बलात्कृत भएका छन् भने दुई घरेलु श्रमिक बालिका घर मालिकबाट बलात्कृत भएको तथ्य सार्वजनिक भएको छ । एक बालिका प्रहरीबाटै बलात्कृत भएकी छिन् ।
गोरखापत्रबाट

Logo