भक्तपुर कार दुर्घटनामा चालकको मृत्यु

भक्तपुर कार दुर्घटनामा चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भक्तपुर, १४ मंसिर ।

आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गए राति एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा कारका चालक सूर्यविनायक–९ नलिन्चोक घर भई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त जगातीले जानकारी दिएको छ ।

शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका हुन् ।

Logo