रिमोट कन्ट्रोल कुकर बमसहित २ पक्राउ

रिमोट कन्ट्रोल कुकर बमसहित २ पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । सप्तरी, १२ मंसिर ।

रिमोट कन्ट्रोल कुकर बमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–६ स्थित महाबीर चोकबाट कुकर बमलाई कन्ट्रोल गर्ने कुकर बम र रिमोट सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा छिन्नमस्ता गाउँपालिका–१ बस्ने ४० वर्षीय तेजनारायण यादब र विष्णुपुर गाउँपालिका–६ स्थित चिया नास्ता पसल संंचालन गरी बस्ने संजयकुमार राय रहेका छन् ।

विष्णुपुर गाउँपालिका–६ स्थित महाबीर चोकबाट उक्त कुकर बमलाई कन्ट्रोल गर्ने रिमोट कन्ट्रोल सहित यादव पक्राउ परेपछि उनले रायको पसलमा रिमोटबाट पड्कने कुकर बम लुकाई छिपाई राखेको बयान दिएका थिए ।

यादवको बयानको आधारमा रायलाई नियन्त्रणमा लिँदा उक्त कुकर बम धानबारीमा गाडेर राखेको आवस्थामा प्रहरीले सोमबार बरामद गरेको थियो । रिमोटद्वारा पड्कने यन्त्र जडित कुकर बम रहेको प्रहरीले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Logo