काँग्रेस नेता सुनुवारलाई मातृशोक

काँग्रेस नेता सुनुवारलाई मातृशोक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ११ मंसिर ।

नेपाली काँग्रेस ओखलढुंगाका सभापति एवं ओखलढुंगा प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार प्रदीपकुमार सुनुवारलाई मातृशोक परेको छ ।

सभापति सुनुवारकी माता ७२ वर्षीया फूलमायाको आइतबार राजधानीको केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्व सुनुवारले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उनको निधनप्रति काँग्रेसले दुःख व्यक्त गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

Logo