मासिक २१ हजार कमाउने, ८५ केजीको बोको (भिडियो रिपोर्ट)

मासिक २१ हजार कमाउने, ८५ केजीको बोको (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ३० कात्तिक ।

जिल्ला रौतहटको सदरमुकाम चन्द्रनिगाहापुर चोकबाट गौर जाने वाटोको ४ किलोमिटर दक्षिण झरेर करिव २ सय मिटर भित्र पसेपछि पुगिन्छ, सन्तपुर गाऊँ । बाढीले गाऊँ नै डुवाइदिएपछि अस्थायी टहरामा जीवन गुजार्न बाध्य छ, सन्तपुर । दिन–रात कटाउन विजोग भए पनि यही गाउँका एकजना किसानले पालेको बोको भने सन्तपुर मात्र होइन, समस्त चन्द्रपुरवासीका लागि रमिताको विषय बनेको छ ।

बोको धनी हुन् राजाराम पासवान । चर्चा त्यसवेला देखि सुरु भयो, जतिवेला राजारामले ८ महिनाअघि १ बर्षको यस बोकोलाई घरमा ल्याएर बाँधे । उनका अनुसार त्यसैवेला उनले रु. २५ हजारमा यो घोर्ले बोको खरिद गरेका हुन् ।

 

उनले किन खरिद गरे, २५ हजारमा यस बोकोलाई ? जवाफ लामो छैन । यस बोकोलाई उनले बिऊका लागि पालेका हुन् । तपाई पत्याउनु हुन्छ कि हुन्न, तर राजारामका अनुसार यसले सरदर दैनिक ७ सय र मासिक २१ हजार आम्दामी गर्दै आएको छ । यसले एउटा बाख्रासँग सहबास गर्यो भने बाख्रा धनीसँग बोकाधनी राजारामले रु. १ सय लिने गर्छन् । राजारामका अनुसार दैनिक सरदर ७ वटा बाख्रा घोर्ले खोजेर आइपुग्छन् ।

यस घोर्ले बोकोको गजवको खासियत छ । यसको वजन ८५ केजी छ । ठूलो परिणाममा खानपिन यसको बाध्यता जस्तै भएको छ । घरमा खाना खाने ब्यवस्था होस् कि नहोस्, तर यस घोर्लेलाई दैनिक २ केजी मकै र यस्तै परिणाममा चामल र अन्य डाइटको ब्यवस्था गर्नै पर्छ ।

बोकाको आम्दामी देखेर बोकाधनी राजाराम मख्ख छन् । उनले हिसाव गरेका छन् कि छैनन्, कुन्नी तर २५ हजारमा खरिद गरेको यस बोकाले बार्षिक २ लाख ५२ हजार आम्दामी गर्ने निश्चित छ ।

 

Logo