बर्दियामा पनि गौचन हत्याको विरोधमा प्रदर्शन

बर्दियामा पनि गौचन हत्याको विरोधमा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । बर्दिया, २७ असोज ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै चौैतर्फी विरोध प्रदर्शन भइरहेको बेला बर्दियामा पनि र्याली निकाल्दै व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् ।

राजधानीमा गत असोज २३ गते दिउँसै गोली हानी गरिएको हत्याको विरोध गर्दै बर्दियाका निर्माण व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

बर्दियामा निर्माण व्यवसायीहरु कालोपट्टी बाँधेर विकास निर्माणको सम्पूर्ण काम बन्द गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

हत्यारालाई तत्काल पक्राउ गरी कानुनको दायरामा ल्याई कडाभन्दा कडा कानुुनी कारवाहीको माग गर्दै निर्माण व्यवसायी विरोध प्रदर्शनमा उत्रिएका थिए ।

माग पूरा नभएसम्म जिल्लाको सम्पूर्ण ठेक्कापट्टाको काम बहिष्कार गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिई दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने निर्र्माण व्यवसायी संंघ बर्दिया शाखाले माग गरेको छ ।

 

Logo