इलाम र मोरङका चार फरार प्रतिवादी पक्राउ

इलाम र मोरङका चार फरार प्रतिवादी पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौँ, २४ असोज ।

प्रतिवादीहरू पक्राउ गर्ने अभियान अन्तर्गत मोरङ तथा इलाम जिल्लामा लामो समयदेखि फरार रहेका चार व्यक्ति पक्राउ परेका छन् । अदालतबाट कैद तथा जरिवाना तोकी फरार रहेका प्रतिवादीहरू पक्राउ गर्ने अभियान अन्र्तगत उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय इलामले जनाएको छ ।

पक्राउ पर्नेमा जिल्ला अदालत मोरङबाट केही सार्वजनिक मुद्दामा १ हजार ५ सय जरिवाना तोकिएका मोरङ विराटनगर महानरपालिका–१२ निवासी २४ वर्षीय भोला कामत, सोही ठाउँका २३ वर्षीय आजाद आलम र सोही मुद्दामा २ हजार रुपैयाँ जरिवाना तोकिएका विराटनगर महानगरपालिका ५ बस्ने २४ वर्षीय रुपेश राय रहेका छन् ।

उनीहरूलाई वडा प्रहरी कार्यालय (क) विराटनगर र वडा प्रहरी कार्यालय (ख) विराटनगरबाट खटिएको प्रहरी टोलीले हिजो मंगलबार बिहान ९ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई वडा प्रहरी कार्यालय (क) विराटनगरमा राखिएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्ला अदालत मोरङबाट वन मुद्दामा १ महिना कैद सजाय सुनाएका इलाम माई नगरपालिका–५ बस्ने ५७ वर्षीय तेज बहादुर राईलाई पनि प्रहरीले मंगलबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको प्रहरीले जनाएको छ ।

 

Logo