गौचनको हत्या आशंकामा १८० जना पक्राउ

गौचनको हत्या आशंकामा १८० जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २४ असोज ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या र नियमित चेकजाँँचको क्रममा प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट १८० जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैलाई सोमबारदेखि मंगलबार बिहानसम्ममा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी आयुक्त कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार केही व्यक्तिलाई अध्यक्ष गौचनको हत्या प्रकरणमा संलग्नताको आशंकामा पनि पक्राउ गरिएको आयुक्त कार्यालयले जनाएको छ । प्रहरीले उपत्यका भित्रिने नाका सील गरी चेकजाँच क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले अहिले उपत्यका भित्रिने विभिन्न नाकामा चेकजाँचको कार्यलाई तीव्रता दिएको छ ।

काठमाडौंबाट १ सय ५३ जना, ललितपुरबाट २४ जना र भक्तपुरबाट ३ जना गरी १ सय ८० जनालाई नियन्त्रणमा लिएको आयुक्त कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूसँग आवश्यक सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले राजधानीबाट नै अध्यक्ष गौचनको हत्यापछि सोमबार दिउँसो हतियारसहित ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा छिरिङ तामाङ, सञ्जय तामाङ र दिलीप तामाङ छन् ।

 

Logo