बानेश्वरमा गोली प्रहार भएका निर्माण व्यवसायी गौचनको मृत्यु

बानेश्वरमा गोली प्रहार भएका निर्माण व्यवसायी गौचनको मृत्यु

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज ।

नयाँ बानेश्वरको खरीबोट प्रयाग चोकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ । गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको अस्पताल स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा गरी तीन गोली लागेको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ।

 प्राडो गाडीमा सवार गौचनलाई गाडीभित्रै गोली लागेको थियो । गाडीको अगाडिको शिसा छेड्दै गोली गौचनलाई लागेको थियो । प्रहरीले घटनाबारे सोधपुछ गर्न गौचनको गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

घटनाको प्रकति हेर्दा गोली प्रहारमा संलग्न अपराधीहरू गोली चलाउन निपुण रहेको र उनीहरूको निशाना पनि बेहतर रहेको देखिन्छ । एक उच्चस्तरीय सूत्रका अनुसार, अपराधीहरू प्रोफेसनल सुटर रहेको अनुमान छ ।

Logo