निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि गोली प्रहार

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि गोली प्रहार

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनमाथि सोमबार दिउँसो काठमाडौँको नयाँ बानेश्वरमा गोली प्रहार भएको छ ।

मोटरसाइकलमा आएका दुई जनाले नयाँ बानेश्वरको अन्‍तर्राष्ट्रिय सम्मेलन केन्द्र नजिकै ठूलो खरिबोटमा मोटरसाइकल रोकी दुईदेखि तीन सय मिटर पैदल हिँडी गोली चलाएको समाचार स्रोतले जनाएको छ ।

गोली लागी घाइते भएका गौचनलाई नजिकैको मिनभवनस्थित सिभिल अस्पताल लगिएको छ।

गोली लागेका गौचन गम्भीर स्थितिमा भएको बताइएको छ ।

यस सम्बन्धमा विस्तृत विवरण आउन बाँकी नै छ ।

Logo