ताप्लेजुङमा जीप दुर्घटना, मोरङ उर्लाबारीका दुईको मृत्यु

ताप्लेजुङमा जीप दुर्घटना, मोरङ उर्लाबारीका दुईको मृत्यु

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २३ असोज ।

तीर्थयात्री बोकेको एउटा जीप ताप्लेजुङमा सोमबार बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० छातेढुंगास्थित सुकेटार पाथीभरा सडक खण्डमा मे १ ज १३०८ नम्बरको जीप दुर्घटना हुँदा जीपका चालकसहित अरू तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, दुर्घटनामा पाथीभरा दर्शन गरेर फर्किएकी उर्लाबारी नगरपालिका–४, मोरङकी २५ वर्षीया अनिता थापा घिमिरेको घटनास्थलमै र उपचारका क्रममा ३० वर्षका होमराज घिमिरेको मृत्यु भएको छ ।

घाइते तीनजनाको अवस्था गम्भीर छ । घाइते दुई जना उर्लाबारीकै हुन् भने चालक इलामका रहेका बनाइएको छ । उनीहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

जीप सोमबार बिहान ८ः३० बजे सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । प्रहरीका अनुसार, जीप मोड्ने क्रममा सडकबाट तल खसेको हो ।

 

Logo