युवती अपहरण गर्ने ६ अभियुक्त सार्वजनिक

युवती अपहरण गर्ने ६ अभियुक्त सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । रुपन्देही, २२ असोज ।

तीन साताअघि एक युवतीलाई अपहरण गरेको अभियोगमा ६ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेकोे छ । पत्रकार सम्मेलनमार्फत ती अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ । करिब ३ साताको लामो अनुसन्धानपछि उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी पवन कुमार भट्टराईले बताए ।

पक्राउ पर्नेहरूमा भूमिकास्थान गाउँपालिका वडा नं. ९ बस्ने २८ वर्षीय दीपक नेपाली, रुपन्देही सैनामैना नगरपालिका वडा नं. १ बस्ने २२ वर्षीय प्रकाश भुषाल, वडा नं. २ बस्ने २१ वर्षीय राजीव सुनारी मगर, वडा नं. ४ मुर्गिया बस्ने २१ वर्षीय अनमोल जंग राणा, वडा नं. १६ बस्ने ३८ वर्षीय डम्बर बहादुर राना र सोही स्थानका ३९ वर्षीय लालु पुन गरी ६ जना रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही सैनामैनाकी २१ वर्षीय रेखा भुषाल गत असोज २ गते बुटवल जानका लागि बस कुरिरहेको अवस्थामा ६ जना युवाले उनलाई जबरजस्ती कारमा हालेर लगेका थिए । प्रहरीले घटनाको सूूचना पाउने बित्तिकै खोजतलास गर्ने क्रममा अभियुक्तहरूले युवतीलाई बीच बाटोमा छाडेर फरार भएका थिए ।

लु १ ज ३४३६ नम्बरको कार, खुकुरी, चक्कु, मोबाइल, साइकललगायतका सामग्री अनुसन्धानको क्रममा बरामद भएको प्रहरी कार्यालय बुटवलका डिएसपी भट्टराईले बताए ।

 

Logo