प्रदेश ४ मा ४ वर्षमा २१ हजारभन्दा बढी अपराध–घटना

प्रदेश ४ मा ४ वर्षमा २१ हजारभन्दा बढी अपराध–घटना

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० असोज ।

प्रदेश नम्बर ४ मा पछिल्ला ४ वर्षमा २१ हजारभन्दा बढी अपराध–घटना भएका छन् । आर्थिक वर्ष २०७०÷०७१ देखि २०७३÷०७४ सम्मको ४ वर्षको अवधिमा २१ हजार ५ सय ६१ वटा अपराधका घटना दर्ता भएको ४ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

४ वर्षको अवधिमा ७०१ वटा बलात्कार–घटनासहित महिला तथा बालबालिकासम्बन्धी १ हजार ६ सय १० वटा आपराधिक घटना भएका छन् । त्यसै गरी २२४१ वटा भवितव्य ज्यान घटनासहित ज्यानसम्बन्धी ४ हजार १ सय ४३ घटना भएका छन् । त्यसै गरी ३०३० वटा झुण्डिएर आत्महत्याका घटनासहित आत्महत्याका ४ हजार २२ वटा घटना भएका छन् ।

त्यसै गरी २०३६ लागुऔषधका घटनासहित ३ हजार ४ सय ४७ वटा संगठित तथा आर्थिक अपराधका घटना भएका छन् । त्यसै गरी केही सार्वजानिक अपराध ६२८१ सहित ६ हजार ४ सय ५३ वटा घटना भएका छन् । यस्तै, १७५२ सवारी ज्यानका घटनासहित सवारीसम्बन्धी १ हजार ७ सय ९९ वटा घटना भएका छन् । त्यसै गरी ५३ बैंकिङ घटनासहित विविध अपराधका ७८ वटा घटना भएका छन् । ४ वर्षको अवधिमा सबैभन्दा बढी सार्वजनिक अपराधका मुद्दा दर्ता भएका छन् भने सबैभन्दा कम साइबर अपराधको घटना दर्ता भएको छ ।

आर्थिक वर्ष २०७०-०७१ मा ज्यान सम्बन्धी ८९४, आत्महत्याको ९७४, संगठित तथा आर्थिक अपराधको ७२७, सामाजिक अपराधको १७७१, महिला तथा बालबालिकासम्बन्धी अपराध ३६२, सवारी सम्बन्धी ४१५, साइबर अपराध ५ र विविध ७ गरी ५ हजार १ सय ५७ अपराध–घटना दर्ता भएका छन् ।

त्यसै गरी आर्थिक वर्ष २०७१-०७२ मा ज्यान सम्बन्धी १०५९, आत्महत्याको १००२, संगठित तथा आर्थिक अपराधको ७७३, सामाजिक अपराधको १८८९, महिला तथा बालबालिकासम्बन्धी अपराध ४३८, सवारी सम्बन्धी ३८७, साइबर अपराध ३ र विविध ८ गरी ५ हजार ५ सय ५९ अपराध–घटना दर्ता भएको छ ।

त्यसै गरी आर्थिक वर्ष २०७२-०७३ मा ज्यानसम्बन्धी १०५९, आत्महत्याको ९८९, संगठित तथा आर्थिक अपराधको ९२९, सामाजिक अपराधको १२६६, महिला तथा बालबालिकासम्बन्धी अपराध ४०२, सवारी सम्बन्धी ४५५ र विविध ६ गरी ५ हजार १ सय ६ अपराध–घटना दर्ता भएका छन् । त्यसै गरी आर्थिक वर्ष २०७३-०७४ मा ज्यानसम्बन्धी ११३१, आत्महत्याका १०५५, संगठित तथा आर्थिक अपराधका १०१८, सामाजिक अपराधको १५२७, महिला तथा बालबालिकासम्बन्धी अपराध ४०८, सवारीसम्बन्धी ४५२, साइबर अपराध १ र विविध ५७ गरी ५ हजार ७ सय ३९ अपराध–घटना दर्ता भएका छन् ।

 

Logo