काठमाडौँ महानगरको नीति, एक वडा, एक पार्कः प्रमुख शाक्य

काठमाडौँ महानगरको नीति, एक वडा, एक पार्कः प्रमुख शाक्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक वडा एक पार्कको नीतिअनुसार काठमाडौँ महानगर अघि बढेको बताएका छन् ।

सोमबार वडा नम्बर–५ को हाँडीगाउँमा नरबुद्ध पार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्दै प्रमुख शाक्यले उक्त जानकारी दिएका हुन् । ‘काठमाडौँ महानगरले एक वडा एक पार्कको नीति लिएको छ,’ शाक्यले भने, ‘नरबुद्ध पार्कको शिलान्यास त्यही नीति अनुरुप नै हो ।’ 

प्रमुख शाक्यले महानगरले अहिलेसम्म साना–ठूला गरी करीब ७० वटा पार्क निर्माणको काम अघि बढाएको बताए । ‘महानगरले सार्वजनिक जग्गाको संरक्षण गर्दै पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको छ,’ शाक्यले भने । पार्क निर्माणसँगै महानगरले सम्पदा निर्माण, पुननिर्माणको अभियानलाई पनि प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘बनाउने जिम्मा हामी लिन्छौँ, त्यसको व्यवस्थापन स्थानीयले गर्ने हो । हामी काठमाडौँ महानगरलाई सुन्दर बनाउने अभियानमा छौँ ।’ 

त्यस्तै, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगर पार्क निर्माण र हरियाली कायम गर्ने अभियानमा निरन्तर रहेको बताइन्। वडाध्यक्ष रमेश डंगोलले भूमाफियाहरुले कब्जा गर्न आँटेको जग्गाको संरक्षण गर्दै पार्क निर्माणको काम अघि बढाउन पाउँदा खुशी लागेको बताए । 

Logo