काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्दै

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आज बैठक बस्ने भएको छ।

कोरोना संक्रमण तथा न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञाबारे थप छलफल गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्ने भएको हो। बैठक दिउँसो ३ बजे बस्ने बताइएको छ।

काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो भएसँगै संक्रमणको जोखिम कायमै रहेको अवस्थामा यसबारे थप छलफल गर्न प्रमुख जिल्ला अधिकारीबीच बैठक बस्ने भएको हो।

संक्रमण बढ्न नदिनका लागि निषेधाज्ञालाई थप कडा बनाउनु पर्ने विज्ञहरुले सुझाव दिंदै आएका छन्।

यसअघि जारी गरिएको निषेधाज्ञा साउन २७ बाट सकिँदैछ।

Logo