श्रेष्ठ दम्पतीले राष्ट्रिय आविष्कार केन्द्रलाई दिए सहयोगस्वरुप गाडी

श्रेष्ठ दम्पतीले राष्ट्रिय आविष्कार केन्द्रलाई दिए सहयोगस्वरुप गाडी

केन्द्रबिन्दु
0
Shares

ललितपुर, हरिसिद्धिका एक दम्पतीले राष्ट्रिय आविष्कार केन्द्रलाई गाडी सहयोग दिएका छन्। 

मंगलबार हरिसिद्धिका इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ र उनकी पत्नी डा. सरिताले केन्द्रका प्रमुख महावीर पुनलाई गाडी हस्तान्तरण गरेका हुन्। 

श्रेष्ठ दम्पतीले घरमै बोलाएर बा ६ च ७५६८ नम्बरको गाडीको साँचो र कागजात हस्तान्तरण गरेका पुनले सामाजिक सञ्जालमार्फत् जनाएका छन्।

‘उहाँहरुले एकदमै राम्रो अवस्थाको गाडी केन्द्रलाई दिनुभयो। अब छिट्टै उक्त गाडी राष्ट्रिय आविष्कार केन्द्रको नाममा नामसारी गरिदिनु हुनेछ,’ पुनले लेखेका छन्।

उक्त गाडीलाई राष्ट्रिय आविष्कार केन्द्रले सामान ओसार्ने तथा काम विशेषले बाहिरी जिल्ला जानु पर्दा प्रयोग गर्ने जनाएको छ। गाडी दान दिने श्रेष्ठ दम्पतीप्रति पुनले आभार व्यक्त गरेका छन्।

 

Logo