प्रहरी सहायक निरीक्षकद्वारा एक करोड बढी भष्ट्राचार, विशेष अदालतमा मुद्दा दायर

प्रहरी सहायक निरीक्षकद्वारा एक करोड बढी भष्ट्राचार, विशेष अदालतमा मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

प्रहरी सहायक निरीक्षकको वैधानिक कमाई कति होला? कानूनले तोकेअनुसार नै हुन्छ। आम मानिसले जान्ने कुरा यही हो। तर प्रहरी कल्याण कोषले सञ्चालन गरेको पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षकले गैरकानूनी रूपमा एक करोड तीन लाख ९७ हजार ९३७ बराबरको कमाई गरेको पाइएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दायर गरेको मुद्दाअनुसार प्रहरी कल्याण कोषमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी भ्रष्टाचार गरेको पाइएको छ। 

पेट्रोलपम्पमा पदीय हिसाबले कार्यरत रहँदा हानिनोक्सानी गरेको सप्रमाण पुष्टि भएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए। आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरि आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।रासस

Logo