नेपालमा आज १ हजार ९२९ जना निको भए, ३ हजार २७४ संक्रमित थपिए

नेपालमा आज १ हजार ९२९ जना निको भए, ३ हजार २७४ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ।

नेपालमा आज ३ हजार २७४ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ८१८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ३७ हजार २९४ जना र एन्टीजेन परीक्षणबाट ७६ हजार ८३३ जना पुगेको छ। 

आज २७ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।

आज १७ हजार ६८९ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३७ लाख ७९ हजार २३० जनाको पिसिआर र ४ लाख ७ हजार ४९५ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo