काठमाडौं उपत्यकामा आज ९९३ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ९९३ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ९९३ जना कोभिड संक्रमित थपिएका छन्। आज काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जना संक्रमित थपिएका हुन्। 

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १०४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८९ हजार १७३ पुगेको छ।

नेपालमा आज ३ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ७९० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ३९ हजार ३०७ जना र एन्टीजेन परीक्षणबाट ७७ हजार ६२३ जना पुगेको छ। 

आज ४२ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३९६ पुगेको छ।

आज १६ हजार ८३८ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३७ लाख ९१ हजार ६९ जनाको पिसिआर र ४ लाख १२ हजार ४९४ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo