पहिरोले एकै परिवारका चार जनाको निधन

पहिरोले एकै परिवारका चार जनाको निधन

केन्द्रबिन्दु
0
Shares

बुधबार रातिको अविरल वर्षाका कारण पहिराले घर पुरिँदा एकै परिवारका चार जनाको निधन भएको छ । 

निधन हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका– ५ कोलडाँडा निवासी ३२ वर्षीया कमला गलान, ११ वर्षीया सोफीका गलान, आठ वर्षीया सुकमाया गलान र सात वर्षीय आशीष गलान रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।

राति करिब ३ बजे घरभन्दा ५० मिटरमाथिबाट पहिरोसँगै झरेको लेदोले घर पुरिँदा सुतिरहेका अवस्थामा चारै जनाको घटनास्थलमै निधन भएको थियो ।

सो घटनामा परी घाइते भएका घरमूली श्यामबहादुर गलानलाई उपचारार्थ काठमाडौँस्थित ट्रमा सेन्टर पु¥याइएको प्रहरीले जनाएको छ । उनको छाती तथा गर्धनमा गम्भीर चोट लागेर अचेत अवस्थामा उद्धार गरिएको थियो।

घटनास्थल सदरमुकाम धुञ्चेबाट करिब ५० किलोमिटर दक्षिणमा रहेको छ । गत हिउँदमा गलानको घरमाथि सडक निर्माण भएको र वर्षासँगै सोही सडकमा बगेको भलपानीको असरले पहिरो जाँदा एकै घरका परिवारले ज्यान गुमाउनुपरेको स्थानीय बासिन्दाको भनाइ छ ।  रासस

Logo