आजदेखि कक्षा ११ र १२ का विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप

आजदेखि कक्षा ११ र १२ का विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरले आजदेखि कक्षा ११ र १२ का विद्यार्थीहरूलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने भएको छ। 

१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई काेराेनाविरूद्धकाे खोप दिन लागिएको महानगरले जनाएकाे छ।  

यस्तै आजदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने 
पनि महानगरले जानकारी दिएकाे छ।

अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुनेछ। साविककै खाेप केन्द्रबाट लगाउन सकिने बताइएकाे छ। यी केन्द्रबाट बिहान १० देखि साँझ ५ बजेसम्म खाेप लगाउन सकिने भएकाे छ।

 

Logo