दि लेप्रोसी मिसन नेपालले मनायो कोरोना प्रयोगशालाको पहिलो वार्षिकी

दि लेप्रोसी मिसन नेपालले मनायो कोरोना प्रयोगशालाको पहिलो वार्षिकी

केन्द्रबिन्दु
0
Shares

दि लेप्रोसी मिसन नेपालले कोभिड–१९ डाएगनोस्टिक प्रयोगशालाको पहिलो वार्षिकोत्सव बिहीबार मनाएको छ।

विगत १ बर्षदेखि कोभिड–१९ प्रयोगशालाले ५ हजार १ सय २० जनाको आरटि पिसिआर बिधीबाट कोरोना परीक्षण गर्नुका साथै १ हजार २ सय ३० जनामा भएको कोरोना भाइरसको निदान गरेको अस्पतालले जनाको छ।

त्यस्तै १ हजार ४९ जनामा कोभिड–१९ को एन्टिजेन अर्थात एवोट्ट किट बिधीबाट कोरोना परीक्षण गरेर २ सय १४ जनामा सार्स कोभ–२ को निदान गरेको पनि अस्पतालले जनाएको छ।

अस्पतालका कोभिड–१९ प्रयोगशाला प्रमुख जीवाणु वैज्ञानिक सन्तोष दुलालका अनुसार पहिलो वेभमा ३ हजार १ सय २५ जनामा लेप्रोसी प्रयोगशालाले आरटि पिसिआर बिधीबाट परीक्षण गरेर ६ सय २१ जनाको कोभिड–१९ निदान गरेको बताए।

उनका अनुसार कोभिड–१९ प्रयोगशालाले कोरोना महामारीको जनचेतना, गुणस्तरिय परीक्षण तथा निदान, प्रयोगशाला सम्बन्धित तालिम र वैज्ञानिक प्रमाण र तथ्यमा आधारित सूचना र सल्लाह पनि निरन्तर प्रदान गर्दै आएको छ।

कुष्ठरोग प्रभावित, अशक्त र अपाङ्ग, सीमान्तकृत, आदिवासी तथा गरिबीले परीक्षणको पहुँच भन्दा पर रहेकालाई प्राथमिकतामा राखेर घरमै गएर २ हजारभन्दा बढीको निःशुल्क कोरोना परीक्षण तथा निदान, जनचेतना, र उचित सल्लाह र सुझाव पनि प्रदान गरेको डा.दुलाल बताउँछन्।

Logo