नेपालमा अपराध गरेर भारतमा लुकेका एक जनाको गोली हानी हत्या

नेपालमा अपराध गरेर भारतमा लुकेका एक जनाको गोली हानी हत्या

केन्द्रबिन्दु
0
Shares

एक नेपालीको भारतमा गोली हानी हत्या भएको छ। रौतहटको परोहा नगरपालिका  बसन्तपट्टी टोल घर भएका अन्दाजी ४५ वर्षीय बिर्वासनी भनिने बिन्दवासिनी सहनीको हत्या भएको हो। उनको भारतको मोतिहारीमा गोलीहानी हत्या भएको तस्विर सार्वजनिक भएको छ।

तत्कालीन बसन्तपट्टी गाविसका अध्यक्ष जोगिन्द्र सहनीका छोरा बिन्दवासिनीको शुक्रबार बिहान भारतको पूर्वी चम्पारण मोतिहारी जिल्लाको चम्पापुर बखरी नजिकै गोली हानी हत्या गरेको बताइएको छ। उनको शव सडक किनारमा धान खेतमा भेटिएको छ। उनलाई भारतीय नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेको बेला गोली हानेको बताइएको छ।

सहनीको घाँटी र कन्चटमा गोली लागेको छ। उनको शवसँगै उनले प्रयोग गरेको मोटरसाइकल पनि भेटिएको छ। नेपालमा थुप्रै अपराधिक क्रियाकलापमा संलग्न रहेका उनी भारतमै लुकेर बसेका थिए। नेपाल प्रहरीको खोजीको सूचीमा रहेका सहनी हत्या, अपहरण, फिरौतीलगायतका मुद्दाका आरोपी हुन्। द्वन्द्वकालमा नेपाल प्रहरीको सहयोगी (घुमुवा) बनेर माओवादी समर्थक तथा कार्यकर्तालाई दु:ख दिने, हत्यासमेत गर्न लगाएको आरोप उनीमाथि माओवादीले लगाएको छ।

सहनीलाई अदालतले २० वर्ष सजायसमेत सुनाएको बुझिएको छ। उनको हत्याबारे नोपल प्रहरीले केही बताएको छैन। सहनीको शव भारतबाट ल्याएको पारिवारिक स्रोतले जनाएको छ।न्युज कारखानाबाट

Logo