बर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य सडकले तेह्रथुमवासीलाई सास्ती

बर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य सडकले तेह्रथुमवासीलाई सास्ती

केन्द्रबिन्दु
0
Shares

बर्षाका कारण सडक अवरुद्ध हुँदा नागरिकले निकै सास्ती भोग्नु परेको छ। जिल्ला सदरमुकाम म्याङलुङ जोडिने एकमात्र मुख्य सडक बसन्तपुर–म्याङलुङ सडक यतिबेला अस्तब्यस्त बनेको छ।

निर्माणाधिन कालोपत्रे सडक निर्माण कम्पनीले ढिलाई गर्दा नागरिकले सास्ती बेहोर्नु परेको हो। सदरमुकामका साथै जिल्लाका ग्रामिण क्षेत्रका सडकहरुको अवस्था पनि अहिले बेहाल छ। सडक अवरुद्ध हुँदा सवारी  साधन सञ्चालनमा समस्या भएको सवारी चालक पृतम सुन्दासले बताए। जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिकाको केन्द्र जोडिने सिधुवा–शुक्रबारे सडकको अवस्था पनि बेहाल नै छ।

सडक अवरुद्ध हुँदा यहाँका स्थानीयहरुले उत्पादन गरेको कृषिजन्य सामग्री ढुवानीमासमेत निकै समस्या उत्पन्न भएको छ। बर्खाले सडक बगाउँदा एम्बुलेन्ससमेत सञ्चालनमा समस्या भएको स्थानीय नगेन्द्र भण्डारीले बताए।

बर्खाका कारण बजार केन्द्रसमेत हिलाम्यै हुँदा नागरिकहरुलाई हिँडडुल गर्न निकै सकस भइरहेको छ। जिल्लाको प्रायः सबै सडकहरु हिउँदमा धुलाम्य र बर्खामा हिलाम्यै हुन्छन्। कोरोनाका कारण स्थानिय बजारहरु नखुल्दा गाउँमा उत्पादन भएका कृषिजन्य सामग्री बिक्रीमासमेत समस्या उत्पन्न भएको छ।न्युज कारखानाबाट

Logo