बारामा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

बारामा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बारामा मोटरसाइकल एक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ। 

जितपुर–सिमरा उपमहानगरपालिकाको पूर्व–पश्चिम राजमार्गमा १६ टाँगिया जाने बाटोमा प्रदेश २, ०३–००२ प ५३३५ र बा ६५ प २७५६ नं को अर्को मोटरसाइकल गएराति एक आपसमा ठोकिँदा तीन जनाकाे मृत्यु भएकाे हाे ।

नुवाकोटको घुङताङ–३ का ४० वर्षीय टुलुराज तामाङ, बाराको निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साह र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।  

Logo