नेपालमा आज १ हजार ७८१ जना निको भए, २ हजार ४८२ संक्रमित थपिए

नेपालमा आज १ हजार ७८१ जना निको भए, २ हजार ४८२ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७८१ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३ हजार ९६४ पुगेको छ।

नेपालमा आज २ हजार ४८२ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ६२० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ५२ हजार २६३ जना र एन्टीजेन परीक्षणबाट ८१ हजार ५८७ जना पुगेको छ। 

आज ४४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।

आज १५ हजार २९० जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख ५९ हजार १५ जनाको पिसिआर र ४ लाख ४५ हजार ६५७ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo