स्कुटर चोरी गरी भाग्दै गर्दा पक्राउ

स्कुटर चोरी गरी भाग्दै गर्दा पक्राउ

केन्द्रबिन्दु
0
Shares

ट्राफिक प्रहरीले गोकर्णेश्वरबाट स्कुटर चोरीमा संलग्न एकजनालाई स्कुटर चोरी गरी भाग्दै गर्दा पक्राउ गरेको छ ।

महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक टोलीले बा ७० प ५०५३ नम्वरको हरियो रङको डिओ स्कुटर लिई हिँडिरहेको अवस्थामा गोकर्णेश्वदरको अर्याल गाउँबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जनाए ।

पक्राउ पर्नेमा कर्जना नगरपालिका–२ भुल्के, सिरहा घर भई काठमाण्डौ गौरीघाट बस्ने वर्ष २४ को अर्पण महत रहेको महाशाखाले जनाएको छ ।

उक्त स्कुटर धनी काभ्रे पाँचखाल घर भई गोकर्णेश्वार नयाँबस्ती बस्ने प्रविन श्रेष्ठ ले भदौ ९ गते अन्दाजी १२ बजे हराएको भनी हुलिया जानकारी दिएका थिए ।

Logo