निर्मला पन्त हत्याको यथाशीघ्र छानवीन गरी कारबाही गर्न निर्देशन

निर्मला पन्त हत्याको यथाशीघ्र छानवीन गरी कारबाही गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

राज्य व्यवस्था तथा सुशासन समितिले निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । 

बिहीवार सिंहदरवारमा बसेको समितिको बैठकले निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष बितिसक्दा समेत दोषी पत्ता लगाउन नसकेको भन्दै सरकारले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो । 

समितिले दार्चुला जिल्लाका जयसिंह धामीको तुइन तर्ने क्रममा बेपत्ता भएको घटनाबारे तत्काल कारबाही प्रक्रिया अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको समितिकी सभापति शशी श्रेष्ठले बताइन् । 

समितिले हिंसा, बलात्कार र हत्याका घटनाहरु बढिरहेकोले यसलाई नियन्त्रण गर्न र अपराधीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो । 

 

Logo