दाजुको हत्या अभियोगमा भाइ र भतिजा पक्राउ

दाजुको हत्या अभियोगमा भाइ र भतिजा पक्राउ

केन्द्रबिन्दु
0
Shares

खोटाङमा हत्या अभियोगमा भाइ र भतिजा पक्राउ परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका ३३ वर्षीय गिरिराज थापाको हत्या अभियोगमा उनकै सहोदर भाइ २३ वर्षका नारायण थापा र भतिजा १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो।

बुधबार साँझ मुढेबाट घर फर्कने क्रममा भोटे पिपलको रुखमा भैंसी बाँध्ने नाइलनको डोरीले घाँटीमा बाँधेर हत्या गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। 

घटनामा प्रयोग गरिएको डोरीसहित पक्राउ परेका दुई जनामाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सागर शाहले जानकारी दिए।न्युज कारखानाबाट

Logo