प्रहरी हुँ भन्दै व्यापारी धम्क्याउने एक जना पक्राउ

प्रहरी हुँ भन्दै व्यापारी धम्क्याउने एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

इलाका प्रहरी कार्यालय पिपराले नक्कली प्रहरी बनेर व्यवसायी धम्क्याएकाे आरोपमा एक जनालाई पक्राउ गरेको छ। 

बाणगंगा नगरपालिका-४ सिद्धिपुर चोकको एक होटेल सञ्चालकलाई थर्काए बुद्धभूमी नगरपालिका-१० भगवानपुरका २५ वर्षीय आसिक अलि मुसलमानलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए।

मुसलमानले आफू घुमुवा प्रहरी भएको बताउँदै व्यवसायीलाई धम्काउने, पैसा माग्ने गरेको प्रहरीले जनाएको छ। केही महिनादेखि प्रहरी हु भन्दै थर्काउने, डर देखाउने, होटेलमा खाने, पैसा नतिर्ने गरेको उजुरी आएपछि पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए।न्युज कारखानाबाट

Logo