चोरी भएको २४ वटा मोटरसाईकल सम्बन्धितलाई जिम्मा

चोरी भएको २४ वटा मोटरसाईकल सम्बन्धितलाई जिम्मा

केन्द्रबिन्दु
0
Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । 

एक कार्यक्रम गरी हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार महाशाखाले उपत्यकाका पशुपति, नागर्जुन नपा, पुतलीसडक, ठमेल, बालाजु, कपन, थली, सानेपा, महाराजगंज, एकान्तकुना, राधेराधे, सामाखुसी, चावहिल, बानेश्वर, टोखा, पाटन अस्पताल, शेषमती, गोलढुङ्गा, सेतोपुल, बिजुलीबजार, भृकुटीमण्डप,  बुढानिलकण्ठलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

एसएसपी भट्टराईले चोरीमा संलग्नहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाएको पनि जानकारी दिए । उनले सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहने बताए । 
 

Logo