बाढी पहिरोले देशभरको जनजीवन कष्टकर, सयौं घर डुवानमा (भिडियोसहित)

बाढी पहिरोले देशभरको जनजीवन कष्टकर, सयौं घर डुवानमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

भारी वर्षापछिको बाढीका कारण देशका विभिन्न स्थानको जनजीवन कष्टकर भएको छ। कैलाली, रुपन्देही, कपिलवस्तु  र नवलपरासी, दाङ बाँके र बर्दियालगायत क्षेत्रका सयौं घर डुवानमा परेका छन् भने, यातायातको क्षेत्र अबरुद्ध हुँदा आवतजावतमा समेत कठिनाइ भएको छ। बाढी र डुवानका कारण केही व्यक्तिको मृत्यु भएको छ भने, सयौं परिवार घरवार विहिन र विस्थापित भएका छन्। 

संवैधानिक परिषदबाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिने भएका छन् । रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा जुटेका थिए। प्रधानन्यायाधीश पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन अनुपस्थित रहने गरी बाहिरिएको जनाइएको छ। 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आसन्न महाधिवेसनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा आफ्नो सभापति पदमा उम्मेदवारी रहने दावी गरेका छन्। उपसभापति निधीले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने पनि बताएका छन्। 

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनामा नेपालमा बस्तु आयात साढे एब अर्ब बढीको भएको छ। भन्सार विभागको तथ्यांक अनुसार एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो । त्यसैगरी नेपालले साउनमा मात्रै रु एक खर्ब २९ अर्ब ९६ करोड ६६ लाख बराबरको व्यापार घाटा व्यहोरेको छ । यो व्यापार घाटाको तथ्यांक गत वर्षको तुलनामा ७०.५९ प्रतिशतले बढी हो।

काबुल विमानस्थल आक्रमणमा ज्यान गुमाउनको सङ्ख्या १०३ नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणमा परि कम्तीमा २८ जना तालिबान सदस्य तथा १३ अमेरिकी सेनाको मृत्यु भएको र १ सय ५० बढी घाइते भएको जनाइएको छ। समाचार संस्था रोयटर्सका अनुसार इस्लामीक स्टेटले आत्मघाती आक्रमणकारीले अमेरिकी सेनाका सहयोगी र अनुवादकहरूलाई निसाना बनाएको बताएको छ भने, अमेरिकी राष्ट्रपति वाइडेनले अक्रमणको वदला लिएरै छाड्ने वाचा गरेका छन्।

आजको कोरोना अपडेट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३३७ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८ हजार २३० पुगेको छ। नेपालमा आज २ हजार ६५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट ४८८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ५६ हजार ४९२ जना र एन्टीजेन परीक्षणबाट ८२ हजार ४५६ जना पुगेको छ। आज २५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ। आज १३ हजार ११७ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख ७७ हजार ४६९ जनाको पिसिआर र ४ लाख ५४ हजार ६९४ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo