काठमाडौं उपत्यकामा आज ४७८ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ४७८ कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा आज ४७८ कोरोना संक्रमित थपिएका छन्। आज काठमाडौंमा ३१२, भक्तपुरमा ५२ र ललितपुरमा ११४ संक्रमित थपिएका हुन्।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २६० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १२ हजार ७१२ पुगेको छ।

नेपालमा आज १ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट १७४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ५९ हजार २२२ जना र एन्टीजेन परीक्षणबाट ८२ हजार ९७१ जना पुगेको छ। 

आज २४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ।

आज १० हजार २९७ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख ९४ हजार १३७ जनाको पिसिआर र ४ लाख ६१ हजार ४९९ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo